दफा ५९
मत बराबर भएमा गोला हाली निर्णय गर्ने
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत भएको निर्वाचनमा कुनै निर्वाचन क्षेत्रमा मतदान भएको सबै मतपत्रको मतगणनाको काम पूरा भइसकेपछि दुई वा दुईभन्दा बढी उम्मेदवारले प्राप्त गरेको सदर मत बराबर भई निर्वाचित उम्मेदवार छुट्याउन नसकिने भएमा निर्वाचन अधिकृतले बराबर मत प्राप्त गर्ने उम्मेदवारको बीच गोला हाली निर्णय गर्नु पर्नेछ । त्यसरी गोलाद्वारा छानिएको उम्मेदवारले एक मत बढी प्राप्त गरेको मानिनेछ ।